दफा ४
पेटेण्ट उपर अधिकार प्राप्त गर्न दरखास्त दिनु पर्ने
: (१) कुनै पेटेण्ट आफनो नाममा दर्ता गराउन चाहने व्यक्तिले आफनो भएसम्मको सबूद प्रमाण सहित निम्नलिखित कुराहरू खुलाई अनुसूचि–१ (क) बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्छ ।
(क) सो पेटेण्ट आविष्कार गर्ने व्यक्तिको नाम, ठेगाना र पेशा,
(ख) दरखास्तवाला आफैले सो पेटेण्ट आविष्कार गरेको नभएमा सो आविष्का गर्ने व्यक्तिबाट दरखास्तवालाले के कुन किसिमबाट कस्तो हक प्राप्त गरेको हो,
(ग) सो पेटेण्ट बनाउने सञ्चालन वा उपयोग गर्ने तरीका,
(घ) सो पेटेण्ट कुनै खास सिद्धान्त वा फर्मुलामा आधारित भए सो सिद्धान्त वा फर्मुला ।
(२) उपदफा (१) बमोजिमको दरखास्तका साथ दरखास्तवालाले सो पेटेण्टको विवरण सहितको नक्सा तथा रेखाङ्कन र अनुसूची –३(१) को (क) मा तोकिएको दरखास्त दस्तुर समेत दाखिल गर्नुपर्छ ।